गुल्मी मुसिकोटको एउटा ईतिहास जल्यो-ढल्यो !
गुल्मी। गुल्मीमा हालको मुसिकोट नगरपालिका भित्र पञ्चायतकालिन‘‘भुर्तुङ्घे प्रधान’को मृत्यु पश्चात पनि उनको झल्को दिईरहने हवेली घर जलेको छ । अझ भनौँ तत्कालिन मुसिकोट राज्यका पछिल्ला पुस्ताका समाज सेवीहरुको एउटा ईतिहास नै ढलेको छ। जसको साठी लाख बढि सम्पत्ति क्षणभरमै खरानी बनेको छ ।
मुसिकोट नगरपालिका ४ को भुर्तुङ्घ भन्ने गाउँ छ । यसर्थ पनि तत्कालिन मुसिकोट राज्य अन्तर्गत २०३२ सालदेखि मुसिकोट मैदान गाउँपञ्चालयका प्रधानपञ्च मिन बहादुर सिंहलाई गाउँवासीले भुर्तुङ्घे प्रधानका रुपमा चिन्थे । उनै सिंहको हवेल घर यहि जेठ २ गते जलेर नष्ट भएको हो । भुरेटाकुरी राज्य कालपछि गुल्मीको तत्कालिन मुसिकोट राज्यका पछिल्लो पुस्ताका समाज सेवीहरुको मृत्यु पश्चात पनि उनीहरुको झल्को दिई रहने हवेली घर हालै जल्नु नष्ट हुनु भनेको यस भेगकै एउटा ईतिहास ढल्नु हो भन्छन स्थानीय पुराना समाज सेवीहरु । जुन घर आज भन्दा झण्...









