फर्साटिकरमा शुद्धोधन जुत्ता मेला सुरु,मेला बैशाख ५ सम्म चल्ने
फर्साटिकर रुपन्देही ।रुपन्देहीको शुद्धोधन ४ फर्साटिकरमा शुद्धोधन जुत्ता मेला सुरु भएको छ। नेपाली जुत्ता घरको आयोजनामा आयोजित मेलाको शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले उद्घाटन गर्नुभयो ।कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले स्वदेशी उत्पादनलाई प्रवद्धन गर्नुपर्ने बताउनुभयो ।उहाले नेपालमै उत्पादन भएका जुत्ता तथा चप्पल मेलाले पश्चिम क्षेत्रका जनता लाभान्वित हुने बताउनुभयो ।अध्यक्ष बस्यालले मेलाको प्रचारप्रसार गरि जतिसक्दो उपभोक्ता सामु पुर्याउन सबैलाइ आग्रह गर्नुभयो ।
शुद्धोधन गाउँपालिका प्रवक्ता एंव वडा न.४ का अध्यक्ष केशब प्रसाद अधिकारीले फर्साटिकरमा पहिलोपटक लागिरहेको मेलामा जुत्ता तथा चप्पल जनताले सुपथ मुल्यमा खरिद गर्न पाउने विश्वास व्यक्त गर्नुभयो ।नेपाल जुत्ता उत्पादन संघका केन्द्रिय सदस्य चोला प्रसाद पाठकले ५ कम्पनीले उत्पादन गरेका ९ प्रकारका जुत्ता चप्पल विक्...









