Amalabot Online

Author: Amalabot Online

मुसिकोट नगरपालिका र जापानको बुङ्गोओनो नगरपालिका बीच भगिनी सम्बन्धको समझदारी पत्र आदानप्रदान

मुसिकोट नगरपालिका र जापानको बुङ्गोओनो नगरपालिका बीच भगिनी सम्बन्धको समझदारी पत्र आदानप्रदान

Breaking news 1, लोकप्रिय, समाचार
सागर भण्डारी, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका र जापानको बुङ्गोओनो नगरबीच भगिनी सम्बन्ध कायम भएको छ । मुसिकोट नगरपालिकाको तर्फबाट नगरप्रमुख जीवलाल खरेल जीवन र जापानको ओइता प्रान्तको बुङ्गोओनो सिटीका नगर प्रमुख फूमितोशि खवानोबीच भगिनी सम्बन्ध कायम गर्ने गरी बिहिवार ३ बुँदे मैत्रीपूणर् समझदारी पत्रमा संयुक्त हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा दुवै नगरले आ-आफ्नो देशको कानुनी व्यवस्था बमोजिम पारस्परिक समानताका आधारमा मैत्रीपूर्ण आदान प्रदान र सहयोपूर्ण सम्बन्ध स्थापना गर्ने र कृषि लगायतका विभिन्न क्षेत्रका विषयहरुमा दुवै नगरले समानता र पारस्परिक लाभको सिद्धान्तमा रही सहयोगको आदान प्रदान गर्ने र साझेदारी मार्फत काम गर्ने उल्लेख गरिएको छ । त्यस्तै दुवै पक्षले सहयोग र आपसी आदान प्रदान कार्यलाई प्रवद्र्धन गर्न सारभूत प्रयासहरु गर्ने र आवश्यक परेमा थप विषयवस्तु उपर छलफल गर्ने सम...
प्रथम मुसिकोट मेयर रनिङ कप लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालद्वारा उद्घाटन

प्रथम मुसिकोट मेयर रनिङ कप लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालद्वारा उद्घाटन

Breaking news 1, खेलकुद, समाचार
गुल्मी:  गुल्मीको मुसिकोट नगरपालिकामा प्रथम मेयर रनिङ कप २०८० को अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता कार्तिक २२ अर्थात बुधबारबाट सुरु भएको छ। मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले गरेका हुन् । कार्यक्रममा स्वागत मन्तव्य मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्री क्षेत्रीले राखेका थिए । सोहि कार्यक्रममा गुल्मी जिल्लाका पहिलो भलिबल खेलाडी छवि खरेल र जिल्ला खेलकुद विकास संघको आयोजनामा केही दिन अगाडी तम्घासमा भएको १० कि.मि दौड प्रतियोगीतामा प्रथम स्थान हासिल गर्ने मुसिकोटका खेलाडी भुवन खत्रीलाई समेत सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा स्वागत गित स्थानिय कलाकार दुर्गामाया भर्तालको समुहले राखेका थिए। भने उक्त कार्यक्रममा राष्ट्रिय कलाकार उज्ज्वल गिरि र विस्णु श्रीपा...
गुल्मी मुसिकोटमा पहिलो पटक सर्वाधिक राशिको मेयर रनिङ्ग कप हुँदै (पत्रकार सम्मेलन)

गुल्मी मुसिकोटमा पहिलो पटक सर्वाधिक राशिको मेयर रनिङ्ग कप हुँदै (पत्रकार सम्मेलन)

Breaking news 1, खेलकुद, समाचार
गुल्मी । गुल्मीमा ठुलो धन राशिको प्रथम मुसिकोट मेयर कपको सम्पूर्ण तयारी पुरा भएको छ । मुसिकोट नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनमा मुसिकोट मेयर रनिङ्ग कप कार्तिक २२ गते बुधबार देखि सञ्चालन हुँदैछ । यसैबीच मंगलबार नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो । खेल क्षेत्रमा स्थापित गरी मुसिकोटको पहिचान विश्वव्यापी बनाउने, मुसिकोट नगरपालिकाका विभिन्न धार्मिक र पर्यटकीय स्थलहरुको समेत प्रचार-प्रसार गर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभएको हो । समुद्घाटन खेल पोल १ बाट मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिका बीच हुनेछ भने भलिबल प्रतियोगीतामा अहिलेसम्म १० समुहले नाम दर्ता गरेको आयोजक टिमले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।मुसिकोट नगरपालिका...
बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

Breaking News 2, समाचार
बागलुङ। बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत ढोरपाटन नगरपालिका-२ मलकटिबाङमा ध १ ज ९९४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।दुर्घटनामा परी ट्याक्सीमा सवार बागलुङ जिल्ला ढोरपाटन नगरपालिका-२ पाखुटे बस्ने २८ बर्षिय होम बहादुर पुन र बडिगाड गाउँपालिका ६ छिसफाटका-३२ बर्षिय अस्विन परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका जाँदै गरेको ट्याक्सी सडक देखि एक सय मिटर तल खसेको उहाँले बताउनुभयो । ...
गुल्मी मुसिकोटमा ठूलो धन राशीको मेयर रनिङ्ग कपको तैयारी अन्तिम चरणमा_भोली देखि संचालन हुने

गुल्मी मुसिकोटमा ठूलो धन राशीको मेयर रनिङ्ग कपको तैयारी अन्तिम चरणमा_भोली देखि संचालन हुने

Breaking news 3, लोकप्रिय, समाचार
गुल्मी: मुसिकोट मेयर रनिङ्ग कप- २०८० अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता कार्यक्रमको तैयारी अन्तिम चरणमा पुगेको छ। बुधबार कार्तिक २२ गते देखि कार्तिक २४ गते सम्म हुने मुसिकोट मेयर रनिङ्ग कप-२०८० अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता पहिलो पटक मुसिकोटमा भएको कुरा मुसिकोट नगर खेलकुद बिकास समिति अध्यक्ष सन्दिप खत्री क्षेत्रीले बताउनु भयो। अध्यक्ष खत्रीले ठूलो धन राशिका बिच अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिताको लागि मंगलबार कार्तिक २१ गते मध्यान्ह १२ बजे सम्म दर्ता गर्न सकिने कुरा र मुसिकोट मेयर रनिङ्ग कप- २०८० लाई सफल, भब्य र सब्य रुपमा सम्पन्न गर्नका निमित्त देशका सम्पुर्ण स्थानीय तहलाइ पत्रचार गरिएको कुरा विभिन्न मिडियामा बताउनुभएको भएको छ। खत्रीका अनुसार मुसिकोटका अनेकौ राष्ट्रिय गहना र पर्यटकीय क्षेत्र, सामाजिक विकास, कृषि,उद्योग इत्याद...
गुल्मीमा १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या, मदरसाका एक शिक्षक पक्राउ

गुल्मीमा १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या, मदरसाका एक शिक्षक पक्राउ

Breaking news 1, समाचार
गुल्मीको शान्तिपुरमा १५ वर्षीया बालिका मनिषा रुचालको बलात्कारपछि हत्या गरेको खुलेको छ । घटनामा संलग्न आरोपमा मदरसाका एक शिक्षक पक्राउ परेका छन् । मृतककी आमा धनमाया सार्कीको किटानी जाहेरीमा बाँके जिल्लाको खजुरा गाउँपालिका-७ का २३ वर्षीय रहिस खाँ पक्राउ परेका हुन् । उनी पाँच महिनादेखि शान्तिपुरमा बस्दै आएका थिए । सो क्षेत्रमा रहेका करिब २ सय मुस्लिम परिवारका विद्यार्थीलाई पढाउन खोलिएको मदरसा गुल्सने मदिनामा रहिसलाई त्यहाँ लगिएको थियो । मनिषा कात्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिकाؘ–४ शान्तिपुरस्थित हुग्दीखोलामा नग्न अवस्थामा मृत फेला परेकी थिइन् । गुल्मी प्रहरीले उनलाई पक्राउ गरी अदालत पेश गर्दै पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेका रहिसबिरुद्ध अदालतमा मनिषाको ज्यान सम्वन्धि कसुर र करणी बिरुद्धको मुद्धामा पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहर...
भलिवल कप २०८० : दुबै उपाधी सत्यवतीले चुम्यो

भलिवल कप २०८० : दुबै उपाधी सत्यवतीले चुम्यो

Breaking News 2, खेलकुद, मनोरन्जन, लोकप्रिय, समाचार
गुल्मी । प्रथम भलिबल कप २०८० मा कालिपार भनेर चिनिने सत्यवति र कालिगण्डकी गाउँपालिकाका खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका छन् । निर्वाचन क्षेत्रका हिसावले भलिवलमा क्षेत्र नं २ कम्जोर देखिएको छ । पुरुष तर्फको तृतिय पुरस्कार मुसिकोटले सान्त्वना मात्रै पायो । त्यो बाहेक क्षेत्र नं २ ले महिला पुरुषका सवै अवसर गुमायो । क्षेत्र नं १ तर्फ गुल्मी दरवारले महिला तर्फको तृतिय र रुरुले सान्त्वनामा चित्त बुझाएर प्रमुख अवसर बडिगाड र कालिपारका पठाउनुको विकल्प देखिएन । महिला तथा पुरुष तर्फका दुवै उपाधी सत्यवति गाउँपालिकाको पोल्टामा परेका छन् । यो बिरलै प्राप्त हुने अवसर हो । उपाधीसंगै सत्यवतिले खेल क्षेत्रमा राम्रो संभावना देखाएको छ । १५ कार्तिकबाट जिल्ला भलिबल संघ गुल्मीले पालिकास्तरिय भलिवल प्रतियोगीता आयोजना गरेको थियो । प्रतियोगीतामा सत्यवति गाउँपालिकाका महिला र पुरुषतर्फका खेलाडीले उत्कृष्ट खेल ...
पश्चिम क्षेत्रकै ठुलो मेला : न्वागी मेला मसिंर ३ गतेदेखि सुरु हुने !

पश्चिम क्षेत्रकै ठुलो मेला : न्वागी मेला मसिंर ३ गतेदेखि सुरु हुने !

Breaking news 1, खेलकुद, मनोरन्जन, लोकप्रिय, समाचार
गुल्मी । पौँदीबासीहरुको महान पर्व न्वागी पर्वको अवसरमा आयोजना हुने न्वागी मेला मसिंर ३ गतेदेखि सुरु हुने भएको छ । बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रका स्थानीयले न्वागी पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । घरमा नयाँ अन्न भित्र्याएको खुसीयालीमा न्वागी खाने प्रचलन रहेको छ । न्वागी पर्वलाई अझै उल्लासमय बनाउन पौँदी न्वागी मेला तथा संस्कृती संरक्षण समितिले प्रत्येक वर्ष साँस्कृतिक, खेलकुद र अन्य मनोरञ्जनात्मक कार्यक्रम सहित न्वागी मेला आयोजना गर्दै आईरहेको छ । यसवर्ष पनि यही मसिंर ३ गतेदेखि ८ गतेसम्म न्वागी मेला आयोजना गरिएको समितिका अध्यक्ष गुणानिधि घिमिरेले जानकारी दिनुभयो । मेलाको अवसरमा १ लाख १५ हजार राशि पुरस्कारको पुरुष भलिबल प्रतियोगीतासगैं, रेकर्ड डान्स, लाखे नाँच, नौमती बाजा, समुहगत रेकर्ड डान्स,सोरठी...
शान्तिपुरमा मनिषा मृत्यु प्रकरणः बलात्कार पछि हत्या आशंका

शान्तिपुरमा मनिषा मृत्यु प्रकरणः बलात्कार पछि हत्या आशंका

Breaking news 1, लोकप्रिय, समाचार
प्रेम सुनार गुल्मी, कार्तिक १७ । शुक्रबार गुल्मीको शान्तिपुरस्थित हुग्दीखोलाको बिच भागमको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी १५ बर्षिया किशोरी मनिषा रुचालको मृत्यु घटनालाई परिवारजनले बलात्कार पछि हत्या भएको आशंका गरेका छन । चन्द्रकोट गाउँपालिका–४ डाँडाबन माईती घर भएकी धनमाया रुचालकी छोरी मनिषा आमा सहित शान्तिपुरको श्रीलंकाटोलमा डेरामा बस्दै शान्तिपुरको उदय मावि कक्षा ९ मा पढ्दै आएकी थिईन् । विहिबार विहानै देखि घर देखि पारी पट्टि खेतमा आमा सहित धान झाँट्ने काम गर्न गएी थिईन । साथमा सातआठ जना पुरुष पनि रहेको बताईन्छ । काम गर्ने थलोबाट खेतलालाई सुर्ति किन्न भनि पसल हिडेकी दिउँसो करिव साढे ११ बजे देखि अज्ञात देखिन्छ । आमा धनमायाँ भन्छिन –‘ दिउँसो त्यस्तै ११ बजेतिर काम गर्ने मान्छेलाई सुर्ति किन्न भनि पठाएँकी थिएँ तर फर्केर आईन । धेरै बेर नआए पछि कोठा नजिकैका मानिसहरुलाई फोन गरेर पनि...
गुल्मीमा आजदेखि पुरुष तथा महिलाको पालिका स्तरीय भलिबल प्रतियोगिता

गुल्मीमा आजदेखि पुरुष तथा महिलाको पालिका स्तरीय भलिबल प्रतियोगिता

Breaking News 2, खेलकुद, समाचार, स्वास्थ्य
गुल्मी: गुल्मीमा आजदेखि पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै छ। आजदेखि उपल्लो तम्घासमा सुरु हुन लागको महोत्सवमा १२ वटै स्थानीय तहका पुरुष र महिला गरी २१ टिमबीच प्रतिस्पर्धा हुने जिल्ला भलिबल संघका अध्यक्ष राजन कुँवरले जानकारी दिए। कार्तिक १८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले पुरुषतर्फ नगद ७७ हजार ७७७ सहित ट्रफी, कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५, तृतीय पुरस्कार ३३ हजार ३ सय ३३ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ सहित कप मेडल र प्रमाणपत्र रहेको जिल्ला भलिबल संघ गुल्मीका महासचिव नारायण आचार्यले जानकारी दिए । यस्तै महिला तर्फ प्रथम पुरस्कार ३५ हजार दृतिय पुरस्कार २५ हजार तृतीय पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार १० हजार सहित शिल मेडल प्रमाणपत्र रहेको छ । कपको मुख्य प्रायोजक गुल्मीकै पहिलो अन्तर्राष्ट्रिय भलिबल खेलाड...