ठुलो धन राशीमा मुसिकोट मेयर रनिङ्ग कप हुने
गुल्मी: मुसिकोट मेयर रनिङ्ग कप- २०८० अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता पहिलो पटक मुसिकोटमा आयोजना हुदैछ। मुसिकोट मेयर रनिङ्ग कपको प्रथम पुरस्कार रू डेढ लाख र द्वितीय पुरस्कार रू. एक लाख निर्णय गरिएको मुसिकोट नगर खेलकुद बिकास समितिका अध्यक्ष सन्दिप खत्रीले बताऊनुभयो।
अध्यक्ष खत्रीले मुसिकोट मेयर रनिङ्ग कप- २०८० लाई सान्दार ढंगबाट सम्पन्न गर्नका लागि बिभिन्न नियमहरु वनाएको बताऊनुभयो। पुरस्कारको राशी ठुलो भएकोले खुल्ला पुरुष भलिबल प्रतियोगितामा उल्लेख्य खेल समुहहरू उपस्थितहुने खत्रीले बताउनुभयो। खत्रीका अनुसार कार्तीक २२ देखि २४ गते सम्म मुसिकोट नगरपालिका वडानं ४ ग्वादिकाचौरमा प्रतियोगिता संचालन हुनेछ।
खेल सम्बन्धी विस्तृत विवरण
२ खेल ८ वटा समूह वा सो भन्दा कम भएमा लिग सिस्टम र ८ समूह भन्दा बढी भएमा नक आउट सिस्टमबाट खेलाइने छ। खेल अन्तरराष्ट्रिय भलिबल महासंघ FI...









