मुसिकोटका अधिकांश पसलमा म्याद गुज्रेका सामाग्री फेला
गुल्मी । नेपालीहरुका महत्वपूर्ण चाडपर्वहरु नजिकिएसंगै गुल्मीको मुसिकोट नगरपालिकाले नगरपाालिका भित्र सञ्चालित विभिन्न व्यापार व्यवसायहरुको अनुगमन सुरु गरेको छ ।चाडपर्वको समयमा उपभोक्ताहरुमाथि हुने ठगी नियन्त्रण गर्ने र सचेतना प्रदान गर्ने उद्धेश्यले मंगलबार वडा नं ५ को ईन्द्रेगौँणा र तल्लाफाँट तथा वामी वडा नं २ को देउराली तथा वडा नं ३ को मैदान लगायतका मुख्य बजार क्षेत्रका पसल व्यवसायहरुको अनगुमन गरिएको हो ।
मुसिकोट नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७४ बमोजिम नगरपालिकाको अनुगमन समितिले चाडपर्व केन्द्रित गरेर खाद्यान्न पसलहरुको अनुगमन गरेको हो । दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको नगरपालिकाका प्रशासन सहायक सुमन खरेलले जानकारी दिनुभयो ।
कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा ...









