गुल्मीमै ५ वटाभन्दा बढी दुहुना गाई र भैंसी पाल्ने कृषकले पाउँछन् मासिक १० हजार
\
गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले ५ वटाभन्दा बढी दुहुना गाई र भैंसी पाल्ने पालिकाभित्रका कृषकलाई १० हजार रुपैयाँ दिँदै आएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष ६ वटा कृषि फर्मलाई मासिक १० हजार रुपैयाँका दरले गाई भैंसी हेरालु खर्च भनेर रकम उपलब्ध गराएको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकामा ४ वटा फर्मले ५ वटाभन्दा बढी दुहुना गाई र भैंसी पाल्दै आएको गाउँपालिका कृषि शाखा प्रमुख तुल्सी थापाले बताए । ती फर्मलाई गाउँपालिकाले मासिक १० हजार रुपैयाँ उपलब्ध गराएको छ ।
गाउँपालिकामा दर्ता भएको नमुना कृषि तथा पशुपन्छी फर्ममा हाल ९ वटा दुहुना गाई रहेका छन् । गाउँपालिकाको वडा नम्बर ५ मा रहेको उक्त फर्मले अघिल्लो आर्थिक वर्षदेखि नै निरन्तर ५ वटा भन्दा बढी दुहुना गाई पाल्दै आएको छ । त्यस्तै वडा नम्बर १ मा रहेको गौरव कृषि तथा पशुपन्छी फर्ममा हाल दुहुना गाई र भैंसी गरी ९ वटा रहेका...









