Amalabot Online

समाचार

न्वागी खाने शुभ साईत सार्वजनिक

न्वागी खाने शुभ साईत सार्वजनिक

Breaking news 3, खेलकुद, समाचार
गुल्मी।पौदीबासीहरुले घरमा नयाँ बालि भित्र्याएको खुसीयालीमा प्रत्येक वर्ष मनाउँदै आएको न्वागी पर्वको यस वर्षको शुभ साईत मसिंर ३ गते परेको छ। बडिगाड गाउँपालिका वडा नं ५ वडा कार्यालयले आज एक सुचना जारी गर्दै न्वागीको शुभ साईत सार्वजनिक गरेको हो। वडाध्यक्ष विष्णु प्रसाद आचार्यद्धारा जारी गरिएको सुचनामा न्वागी खाने शुभ साईत मसिंर ३ गते आईतबार बिहान ९ बजेर ३४ मिनेटमा न्वागी खानु शुभ रहेको उल्लेख गरिएको छ । न्वागी खाँदा पूर्व मुख गरेर खान पनि आग्रह गरिएको छ । पौंदि क्षेत्रका वासिन्दाहरुले न्वागीलाई स्थानीइ पर्वको रुपमा मनाउँदै आएका छन् । नयाँ धान भित्राएपछि सोहि धानको नयाँ चामल दहिमा भिजाएर खाने परिकारलाई न्वागी भनिन्छ । विशेष गरि रैथाने जडन जातको धानको चामल विशेष मसलाहरुको प्रयोग गरि दहिमा भिजाएर खाने गरिन्छ। इश्मा राज्य अन्तरगत पर्ने बागलुङ र गुल्मीका विभिन्न ७ गाविस क्षेत्रला...
मुसिकोट नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एक लाख सहयोग गर्ने

मुसिकोट नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एक लाख सहयोग गर्ने

Breaking News 2, खेलकुद, समाचार
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एक लाख सहयोग गर्ने निणर्य गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकको निणर्य बमोजिम भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने निणर्य गरिएको नगर प्रवक्ता एवम् वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिनुभयो । जाजरकोट आसपास केन्द्र बिन्दु बनाएर कार्तिक १७ गते मध्यराति बिनासकारी भुकम्प गएको थियो । जसका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली ब्यक्त र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित सरकारको एकद्धार नीति प्रणाली बमोजिम प्रधानमन्त्री राहत कोषमा एक लाख पठाउने निणर्य कार्यपालिकाको बैठकबाट गरिएको हो । भूकम्प प्रभावित क्षेत्रमा केही भएपनि राहत महसुस होस् भन्ने हेतुले सहयोग गरिएको प्रवक्ता सापकोटाले बताउनुभयो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् । ...
गुल्मीमा बुधबार देखि सम्पर्क विहीन राजु मृत फेला

गुल्मीमा बुधबार देखि सम्पर्क विहीन राजु मृत फेला

Breaking News 2, खेलकुद, समाचार
गुल्मी । गुल्मीमा बुधबार साँझदेखि सम्पर्कविहीन रहेका २८ वर्षीय राजु मृत फेला परेका छन् ।कालीगण्डकी गाउँपालिका- १ बकेवाका भट्टराई शनिबार बिहान मृत परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । हर्मिचौरमा रहेको हनुमान पार्कको नजिकै सडकदेखि मुनि पल्सर बाइकसँगै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।निजको शवलाई स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा लगिएको पाण्डेले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ...
मुसिकोट नगरपालिका र जापानको बुङ्गोओनो नगरपालिका बीच भगिनी सम्बन्धको समझदारी पत्र आदानप्रदान

मुसिकोट नगरपालिका र जापानको बुङ्गोओनो नगरपालिका बीच भगिनी सम्बन्धको समझदारी पत्र आदानप्रदान

Breaking news 1, लोकप्रिय, समाचार
सागर भण्डारी, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका र जापानको बुङ्गोओनो नगरबीच भगिनी सम्बन्ध कायम भएको छ । मुसिकोट नगरपालिकाको तर्फबाट नगरप्रमुख जीवलाल खरेल जीवन र जापानको ओइता प्रान्तको बुङ्गोओनो सिटीका नगर प्रमुख फूमितोशि खवानोबीच भगिनी सम्बन्ध कायम गर्ने गरी बिहिवार ३ बुँदे मैत्रीपूणर् समझदारी पत्रमा संयुक्त हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा दुवै नगरले आ-आफ्नो देशको कानुनी व्यवस्था बमोजिम पारस्परिक समानताका आधारमा मैत्रीपूर्ण आदान प्रदान र सहयोपूर्ण सम्बन्ध स्थापना गर्ने र कृषि लगायतका विभिन्न क्षेत्रका विषयहरुमा दुवै नगरले समानता र पारस्परिक लाभको सिद्धान्तमा रही सहयोगको आदान प्रदान गर्ने र साझेदारी मार्फत काम गर्ने उल्लेख गरिएको छ । त्यस्तै दुवै पक्षले सहयोग र आपसी आदान प्रदान कार्यलाई प्रवद्र्धन गर्न सारभूत प्रयासहरु गर्ने र आवश्यक परेमा थप विषयवस्तु उपर छलफल गर्ने सम...
प्रथम मुसिकोट मेयर रनिङ कप लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालद्वारा उद्घाटन

प्रथम मुसिकोट मेयर रनिङ कप लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालद्वारा उद्घाटन

Breaking news 1, खेलकुद, समाचार
गुल्मी:  गुल्मीको मुसिकोट नगरपालिकामा प्रथम मेयर रनिङ कप २०८० को अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता कार्तिक २२ अर्थात बुधबारबाट सुरु भएको छ। मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले गरेका हुन् । कार्यक्रममा स्वागत मन्तव्य मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्री क्षेत्रीले राखेका थिए । सोहि कार्यक्रममा गुल्मी जिल्लाका पहिलो भलिबल खेलाडी छवि खरेल र जिल्ला खेलकुद विकास संघको आयोजनामा केही दिन अगाडी तम्घासमा भएको १० कि.मि दौड प्रतियोगीतामा प्रथम स्थान हासिल गर्ने मुसिकोटका खेलाडी भुवन खत्रीलाई समेत सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा स्वागत गित स्थानिय कलाकार दुर्गामाया भर्तालको समुहले राखेका थिए। भने उक्त कार्यक्रममा राष्ट्रिय कलाकार उज्ज्वल गिरि र विस्णु श्रीपा...
गुल्मी मुसिकोटमा पहिलो पटक सर्वाधिक राशिको मेयर रनिङ्ग कप हुँदै (पत्रकार सम्मेलन)

गुल्मी मुसिकोटमा पहिलो पटक सर्वाधिक राशिको मेयर रनिङ्ग कप हुँदै (पत्रकार सम्मेलन)

Breaking news 1, खेलकुद, समाचार
गुल्मी । गुल्मीमा ठुलो धन राशिको प्रथम मुसिकोट मेयर कपको सम्पूर्ण तयारी पुरा भएको छ । मुसिकोट नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनमा मुसिकोट मेयर रनिङ्ग कप कार्तिक २२ गते बुधबार देखि सञ्चालन हुँदैछ । यसैबीच मंगलबार नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो । खेल क्षेत्रमा स्थापित गरी मुसिकोटको पहिचान विश्वव्यापी बनाउने, मुसिकोट नगरपालिकाका विभिन्न धार्मिक र पर्यटकीय स्थलहरुको समेत प्रचार-प्रसार गर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभएको हो । समुद्घाटन खेल पोल १ बाट मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिका बीच हुनेछ भने भलिबल प्रतियोगीतामा अहिलेसम्म १० समुहले नाम दर्ता गरेको आयोजक टिमले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।मुसिकोट नगरपालिका...
बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

Breaking News 2, समाचार
बागलुङ। बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत ढोरपाटन नगरपालिका-२ मलकटिबाङमा ध १ ज ९९४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।दुर्घटनामा परी ट्याक्सीमा सवार बागलुङ जिल्ला ढोरपाटन नगरपालिका-२ पाखुटे बस्ने २८ बर्षिय होम बहादुर पुन र बडिगाड गाउँपालिका ६ छिसफाटका-३२ बर्षिय अस्विन परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका जाँदै गरेको ट्याक्सी सडक देखि एक सय मिटर तल खसेको उहाँले बताउनुभयो । ...
गुल्मी मुसिकोटमा ठूलो धन राशीको मेयर रनिङ्ग कपको तैयारी अन्तिम चरणमा_भोली देखि संचालन हुने

गुल्मी मुसिकोटमा ठूलो धन राशीको मेयर रनिङ्ग कपको तैयारी अन्तिम चरणमा_भोली देखि संचालन हुने

Breaking news 3, लोकप्रिय, समाचार
गुल्मी: मुसिकोट मेयर रनिङ्ग कप- २०८० अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता कार्यक्रमको तैयारी अन्तिम चरणमा पुगेको छ। बुधबार कार्तिक २२ गते देखि कार्तिक २४ गते सम्म हुने मुसिकोट मेयर रनिङ्ग कप-२०८० अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता पहिलो पटक मुसिकोटमा भएको कुरा मुसिकोट नगर खेलकुद बिकास समिति अध्यक्ष सन्दिप खत्री क्षेत्रीले बताउनु भयो। अध्यक्ष खत्रीले ठूलो धन राशिका बिच अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिताको लागि मंगलबार कार्तिक २१ गते मध्यान्ह १२ बजे सम्म दर्ता गर्न सकिने कुरा र मुसिकोट मेयर रनिङ्ग कप- २०८० लाई सफल, भब्य र सब्य रुपमा सम्पन्न गर्नका निमित्त देशका सम्पुर्ण स्थानीय तहलाइ पत्रचार गरिएको कुरा विभिन्न मिडियामा बताउनुभएको भएको छ। खत्रीका अनुसार मुसिकोटका अनेकौ राष्ट्रिय गहना र पर्यटकीय क्षेत्र, सामाजिक विकास, कृषि,उद्योग इत्याद...
गुल्मीमा १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या, मदरसाका एक शिक्षक पक्राउ

गुल्मीमा १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या, मदरसाका एक शिक्षक पक्राउ

Breaking news 1, समाचार
गुल्मीको शान्तिपुरमा १५ वर्षीया बालिका मनिषा रुचालको बलात्कारपछि हत्या गरेको खुलेको छ । घटनामा संलग्न आरोपमा मदरसाका एक शिक्षक पक्राउ परेका छन् । मृतककी आमा धनमाया सार्कीको किटानी जाहेरीमा बाँके जिल्लाको खजुरा गाउँपालिका-७ का २३ वर्षीय रहिस खाँ पक्राउ परेका हुन् । उनी पाँच महिनादेखि शान्तिपुरमा बस्दै आएका थिए । सो क्षेत्रमा रहेका करिब २ सय मुस्लिम परिवारका विद्यार्थीलाई पढाउन खोलिएको मदरसा गुल्सने मदिनामा रहिसलाई त्यहाँ लगिएको थियो । मनिषा कात्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिकाؘ–४ शान्तिपुरस्थित हुग्दीखोलामा नग्न अवस्थामा मृत फेला परेकी थिइन् । गुल्मी प्रहरीले उनलाई पक्राउ गरी अदालत पेश गर्दै पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेका रहिसबिरुद्ध अदालतमा मनिषाको ज्यान सम्वन्धि कसुर र करणी बिरुद्धको मुद्धामा पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहर...
भलिवल कप २०८० : दुबै उपाधी सत्यवतीले चुम्यो

भलिवल कप २०८० : दुबै उपाधी सत्यवतीले चुम्यो

Breaking News 2, खेलकुद, मनोरन्जन, लोकप्रिय, समाचार
गुल्मी । प्रथम भलिबल कप २०८० मा कालिपार भनेर चिनिने सत्यवति र कालिगण्डकी गाउँपालिकाका खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका छन् । निर्वाचन क्षेत्रका हिसावले भलिवलमा क्षेत्र नं २ कम्जोर देखिएको छ । पुरुष तर्फको तृतिय पुरस्कार मुसिकोटले सान्त्वना मात्रै पायो । त्यो बाहेक क्षेत्र नं २ ले महिला पुरुषका सवै अवसर गुमायो । क्षेत्र नं १ तर्फ गुल्मी दरवारले महिला तर्फको तृतिय र रुरुले सान्त्वनामा चित्त बुझाएर प्रमुख अवसर बडिगाड र कालिपारका पठाउनुको विकल्प देखिएन । महिला तथा पुरुष तर्फका दुवै उपाधी सत्यवति गाउँपालिकाको पोल्टामा परेका छन् । यो बिरलै प्राप्त हुने अवसर हो । उपाधीसंगै सत्यवतिले खेल क्षेत्रमा राम्रो संभावना देखाएको छ । १५ कार्तिकबाट जिल्ला भलिबल संघ गुल्मीले पालिकास्तरिय भलिवल प्रतियोगीता आयोजना गरेको थियो । प्रतियोगीतामा सत्यवति गाउँपालिकाका महिला र पुरुषतर्फका खेलाडीले उत्कृष्ट खेल ...