पश्चिम क्षेत्रकै ठुलो मेला : न्वागी मेला मसिंर ३ गतेदेखि सुरु हुने !
गुल्मी । पौँदीबासीहरुको महान पर्व न्वागी पर्वको अवसरमा आयोजना हुने न्वागी मेला मसिंर ३ गतेदेखि सुरु हुने भएको छ । बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रका स्थानीयले न्वागी पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । घरमा नयाँ अन्न भित्र्याएको खुसीयालीमा न्वागी खाने प्रचलन रहेको छ ।
न्वागी पर्वलाई अझै उल्लासमय बनाउन पौँदी न्वागी मेला तथा संस्कृती संरक्षण समितिले प्रत्येक वर्ष साँस्कृतिक, खेलकुद र अन्य मनोरञ्जनात्मक कार्यक्रम सहित न्वागी मेला आयोजना गर्दै आईरहेको छ । यसवर्ष पनि यही मसिंर ३ गतेदेखि ८ गतेसम्म न्वागी मेला आयोजना गरिएको समितिका अध्यक्ष गुणानिधि घिमिरेले जानकारी दिनुभयो ।
मेलाको अवसरमा १ लाख १५ हजार राशि पुरस्कारको पुरुष भलिबल प्रतियोगीतासगैं, रेकर्ड डान्स, लाखे नाँच, नौमती बाजा, समुहगत रेकर्ड डान्स,सोरठी...









