गुल्मीमा दशैंको मुखैमा दानदातालाई सम्मान र निम्न परिवारलाई खाद्यान्न सामग्री वितरण
गुल्मी।। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ इन्द्रेगौडा स्थित वरदान सामुदायिक शहरी स्वास्थ केन्द्रमा केहि समय अगि बनेको नयाँ पार्किङ स्थलमा करिब ३०/३० फिट लामो दुई वटा फलामको बेन्जी आज मात्र उद्घाटन भएको छ। दशैं लक्षित शुभकामना आदानप्रदान कार्यक्रम मै दानदाताहरुको सहयोगबाट बनेको दुई वटा बेन्ची नगरपालिकालाई हस्तान्तरण तथा गरिब, निमुखा, अपांगता तथा दशैंमा चुलो सम्म बोल्न धौ-धौ हुने परिवारको लागि दशैं र तिहार सम्म पुग्ने रासन औपचारिक कार्यक्रमका बिच बितरण र दानदातालाई सम्मान गरिएको हो।
वडा नम्बर ५ धुमी निवासी हाल वैदेशिकका लागि बेलायतमा बस्दै आउनु भएका स्व.पिता शिवलाल खराल र माता मनकला खरालको सम्झनामा छोरा डिएन खराल र बुहारी मन्जु खराल र सोही वडाकै भुकुवामा बस्ने हरिलाल खरालले अगाडि रहेको एम्बुलेन्स पार्किङको कुना र छेउमा बार हुने गरि सेवा लिन आउने बिरामीहरुको भिडमा हुने बेथा र म...









