प्रथम मुसिकोट मेयर रनिङ कप लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालद्वारा उद्घाटन
गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा प्रथम मेयर रनिङ कप २०८० को अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता कार्तिक २२ अर्थात बुधबारबाट सुरु भएको छ। मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले गरेका हुन् । कार्यक्रममा स्वागत मन्तव्य मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्री क्षेत्रीले राखेका थिए ।
सोहि कार्यक्रममा गुल्मी जिल्लाका पहिलो भलिबल खेलाडी छवि खरेल र जिल्ला खेलकुद विकास संघको आयोजनामा केही दिन अगाडी तम्घासमा भएको १० कि.मि दौड प्रतियोगीतामा प्रथम स्थान हासिल गर्ने मुसिकोटका खेलाडी भुवन खत्रीलाई समेत सम्मान गरिएको थियो ।
यस्तै कार्यक्रममा स्वागत गित स्थानिय कलाकार दुर्गामाया भर्तालको समुहले राखेका थिए। भने उक्त कार्यक्रममा राष्ट्रिय कलाकार उज्ज्वल गिरि र विस्णु श्रीपा...









